१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि



काठमाडौं । अमेरिकाको मेटलाइफ स्टेडियममा आइतबार भएको फाइनलमा च्याम्पियन्स लिग विजेता फ्रान्सको पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई ३-० ले हराउँदै इंगल्यान्डको चेल्सी एफसीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

गत वर्ष फ्रान्सेली लिग, फ्रान्सेली कप, फ्रान्सेली सुपर कप र क्लबको पहिलो च्याम्पियन्स लिग उपाधि जितेको पीएसजीले ऐतिहासिक सिजनलाई कायम राख्ने प्रयास गरेको थियो । तर, गत सिजन प्रिमियर लिगमा चौथो स्थानमा रहेको चेल्सीले ८१ हजार ११८ दर्शकको उपस्थितिमा ट्रफी उचाल्ने पीएसजीको प्रयासलाई असफल बनायो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि दर्शकको रूपमा मेटलाइफ स्टेडियममा उपस्थित थिए ।

चेल्सिको जितमा नायक बनेका थिए कोल पाल्मर । दुई वर्षअघि म्यानचेस्टर सिटीबाट चेल्सीमा आएका २३ वर्षीय पाल्मरले खेलमा दुई गोल गरे भने अर्को गोलका लागि जोआओ पेड्रोलाई गोलका लागि पास दिएका थिए ।

चेल्सीले पीएसजीलाई दबाबमा राख्दै पहिलो विस्तारित फिफा क्लब विश्वकपको फाइनलमा युरोपेली च्याम्पियनलाई ३-० ले हराउन सफल भयो ।

पाल्मरले शनिबार २२औँ र ३० औँ मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट लगभग समान बायाँ खुट्टाले दुई गोल गरे । त्यसपछि ४३ औँ मिनेटमा पेड्रोलाई थ्रु पास दिएका हुन् । पेड्रोले गोलकिपर जियानलुजी डोन्नारुमालाई चिप गर्दै चेल्सीसँगको दुई खेलमा आफ्नो व्यक्तिगत तेस्रो गोल गर्न सफल भए ।

२३ वर्षीय पाल्मरले यो सिजन १८ गोल गरेका छन् । पीएसजी ८४औँ मिनेटमा जोआओ नेभ्सले मार्क कुकुरेल्लाको कपाल तानेर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो ।

खेलको अन्तिम केही मिनेट तनावपूर्ण भएपछि, पीएसजीका प्रशिक्षक लुइस एन्रिके र डोन्नारुमाले पेड्रोलाई मध्यभागमा धकेल्दा दुवै टोलीलाई छुट्याउनु परेको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ३३ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट