१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि



काठमाडौं । अमेरिकाको मेटलाइफ स्टेडियममा आइतबार भएको फाइनलमा च्याम्पियन्स लिग विजेता फ्रान्सको पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई ३-० ले हराउँदै इंगल्यान्डको चेल्सी एफसीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

गत वर्ष फ्रान्सेली लिग, फ्रान्सेली कप, फ्रान्सेली सुपर कप र क्लबको पहिलो च्याम्पियन्स लिग उपाधि जितेको पीएसजीले ऐतिहासिक सिजनलाई कायम राख्ने प्रयास गरेको थियो । तर, गत सिजन प्रिमियर लिगमा चौथो स्थानमा रहेको चेल्सीले ८१ हजार ११८ दर्शकको उपस्थितिमा ट्रफी उचाल्ने पीएसजीको प्रयासलाई असफल बनायो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि दर्शकको रूपमा मेटलाइफ स्टेडियममा उपस्थित थिए ।

चेल्सिको जितमा नायक बनेका थिए कोल पाल्मर । दुई वर्षअघि म्यानचेस्टर सिटीबाट चेल्सीमा आएका २३ वर्षीय पाल्मरले खेलमा दुई गोल गरे भने अर्को गोलका लागि जोआओ पेड्रोलाई गोलका लागि पास दिएका थिए ।

चेल्सीले पीएसजीलाई दबाबमा राख्दै पहिलो विस्तारित फिफा क्लब विश्वकपको फाइनलमा युरोपेली च्याम्पियनलाई ३-० ले हराउन सफल भयो ।

पाल्मरले शनिबार २२औँ र ३० औँ मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट लगभग समान बायाँ खुट्टाले दुई गोल गरे । त्यसपछि ४३ औँ मिनेटमा पेड्रोलाई थ्रु पास दिएका हुन् । पेड्रोले गोलकिपर जियानलुजी डोन्नारुमालाई चिप गर्दै चेल्सीसँगको दुई खेलमा आफ्नो व्यक्तिगत तेस्रो गोल गर्न सफल भए ।

२३ वर्षीय पाल्मरले यो सिजन १८ गोल गरेका छन् । पीएसजी ८४औँ मिनेटमा जोआओ नेभ्सले मार्क कुकुरेल्लाको कपाल तानेर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो ।

खेलको अन्तिम केही मिनेट तनावपूर्ण भएपछि, पीएसजीका प्रशिक्षक लुइस एन्रिके र डोन्नारुमाले पेड्रोलाई मध्यभागमा धकेल्दा दुवै टोलीलाई छुट्याउनु परेको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ३३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले