१६ माघ २०८२, शुक्रबार | January 30, 2026

क्याम्पसको निर्णय प्रक्रियामा सहभागी नगराएकोमा स्ववियुको आपत्ति



दाङ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङले क्याम्पस प्रशासनले गर्ने निर्णयहरुमा आफुहरुलाई सहभागी नगराएकोमा आपत्ति जनाएको छ । स्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनका पछिल्ला गतिविधिहरुमा स्वतन्त्र विद्यार्थी युनियनसँग कुनै पनि समन्वय नगरी एकलौटी रुपमा आफ्ना निर्णय गरेको भन्दै आपत्ति जनाउको हो ।

स्ववियुले पटक पटक अपिल गर्दा पनि क्याम्पस प्रशासनले एकलौटी निर्णय गरेर काम अगाडि बढाएको उल्लेख गर्दै विज्ञप्तिमा यस्ता कार्यहरु रोक्न अपिल गरिएको छ । स्ववियुलाई जानकारी नगराई विद्यार्थी सरोकारका विषयमा निर्णय नगर्न र गरिएका निर्णयहरु फिर्ता लिन स्ववियुले माग गरेको छ ।

आजै विभिन्न १२ वटा माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनमा ज्ञापन पत्र समेत बुझाएको छ । क्याम्पसमा विद्यार्थीको उपस्थित विना कुनै पनि निर्णय गर्न नमिल्ने र २०८१ चैत्र ५ गतेपछि गरेका सबै निर्णयहरु २ दिनभित्र सार्वजनिक गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ । विद्यार्थी र स्ववियुको सहभागिता विना गरिएका निर्णयहरु तत्काल खारेज गर्न माग गर्दै ज्ञापन पत्रमा निर्णय प्रक्रियामा आफुहरुलाई सहभागी नगराए स्ववियु आफ्नै तरिकाबाट चल्ने चेतावनी समेत दिइएको छ ।

स्ववियुले विद्यार्थीका सहजताका लागि साउन १ गतेकाट डिजिटल (क्युआर)बाट भुक्तानी गर्ने व्यवस्था गर्न माग गर्नुका साथै विषयगत शिक्षकले विषयभन्दा बाहिरका विषयमा अध्यापन नगराउन आग्रह गरेको छ । अवदेखि कुनै पनि शिक्षकले विषयभन्दा बाहिर गएर अध्यापन गराए आफुहरुलाई स्विकार्य नहुने र आन्दोलनमा उत्रिन बाध्य हुने ज्ञापनपत्रमा जनाइएको छ ।

शिक्षकहरु नियमित उपस्थित नहुँदा पठनपाठनमा अन्यौलता देखिएको भन्दै डिजिटल हाजिरीको व्यवस्था गर्न स्ववियुको माग छ । विभिन्न संकायमा तोकिएको प्रयोगात्मक पाठ्यक्रमहरु मापदण्डअनुसार अनिवार्य रुपमा सञ्चालन गर्न आग्रह समेत स्ववियुले गरेको छ । प्रशासनका कर्मचारीहरु शाखामा उपस्थित नुहँदा विद्यार्थी अन्योलमा परेकाले उक्त समस्याको तत्काल समाधान गर्न आग्रह गर्दै ज्ञापनपत्रमा कर्मचारीले आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप समेत लगाइएको छ ।

ज्ञापनपत्रमा क्याम्पस भित्रका विद्यार्थीका लागि महत्वपुर्ण हुने सूचना विद्यार्थीहरु सम्म नपुगेको भन्दै सूचना अधिकारीको व्यवस्था गर्न माग गरेको छ । प्रशासनिक कामहरु फरक फरक ठाउँबाट हुँदा झन्झटिलो भएको र त्यसलाई एकै ठाउँमा कार्यसम्पादन गर्नको लागि पनि माग गरेको छ । विद्युत आपुर्ति अनियमित हुँदा विहानी कक्षाका विद्यार्थीहरुलाई अध्ययनमा समस्या भएको उल्लेख गर्दै सोलार अथवा जेनेटरको व्यवस्था गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : २६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र