३० असार २०८३, मंगलबार | July 14, 2026

विधान महाधिवेशनमा मेरो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्छ : विद्या भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की नेतृ विद्यादेवी भण्डारीले आगामी विधान महाधिवेशनमा आफ्नो सहभागिता र भूमिकाबारे अन्तिम निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएकी छन् ।

मंगलबार मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले भनिन्, ‘पार्टीभित्र म कुन रूपमा सहभागी हुन्छु भन्ने विषय महाधिवेशनअघि केन्द्रीय कमिटीको निर्णयमा भर पर्छ ।’ उनले थप स्पष्ट पार्दै भनिन, स्पष्ट पार्दै उनले भनिन्, ‘म कुन रूपमा उपस्थित हुन्छु – आमन्त्रित प्रतिनिधिका रूपमा, महाधिवेशन प्रतिनिधिका रूपमा वा अन्य कुनै भूमिकामा – त्यो सबै पार्टी नेतृत्वकै निर्णयमा निर्भर छ ।’

भण्डारीले असार १४ गतेको आफ्नै सम्बोधन उल्लेख गर्दै एमालेसँग पुनः औपचारिक रूपमा जोडिएको स्पष्ट पारिन । ‘मैले एमालेको सदस्यता नवीकरण गरेर पार्टीसँग फेरि औपचारिक सम्बन्ध स्थापित गरिसकेको छु’, उनले भनिन् ।

पार्टी संरचना र भूमिकाबारे स्पष्ट पार्दै उनले भनिन्, ‘कुन तहमा के भूमिका हुने भन्ने विषयमा पार्टी नेतृत्वले निर्णय गर्छ । पार्टी दर्शन, नीति र सिद्धान्त अनुसार संस्थागत ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

भण्डारीले विधान महाधिवेशनमा प्रतिनिधित्वसम्बन्धी प्रावधानको सन्दर्भबारे पनि आफ्नो धारणा राखिने । उनले भनिन, ‘१० औं महाधिवेशनका प्रतिनिधिले विधान निर्माण गरेका थिए, तर अहिले नयाँ प्रतिनिधिहरू आएका छन् । के तिनीहरू त्यतिबेला थिए ? यो विषयमा पनि पार्टीले निर्णय गर्नुपर्छ ।’ एमाले महासचिव शंकर पोखरेलले केही दिनअघि विधान महाधिवेशनमा दशौं महाधिवेशनका प्रतिनिधिहरु मात्र सहभागी हुने बताएका थिए ।

भण्डारीले एमालेभित्र योग्य कार्यकर्ताको कमी नरहेको बताइन । उनले भनिन ‘पार्टीमा कहिलेकाहीँ व्यक्तिको अभाव देखिए पनि योग्य र समर्पित कार्यकर्ताको संख्या पर्याप्त छ । मदन भण्डारीले अघि सारेको ुजबजु लाई संस्थागत बनाउन हामी सबैको दायित्व हो ।’

उनले जनसंगठनहरूमा भएको अधिवेशन र नयाँ नेतृत्वको प्रतिनिधित्वको विषय पनि केन्द्रीय कमिटीको छलफलको विषय हुने उल्लेख गर्दै भनिन्, ‘जनसंगठनहरूमा समेत अधिवेशन भइसकेको छ, त्यसैले नयाँ प्रतिनिधित्व कसरी सुनिश्चित गरिन्छ भन्ने टुंगो पनि नेतृत्व तहले लगाउनेछ ।’

 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : १९ बजे

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको