१० माघ २०८२, शनिबार | January 24, 2026

तीस केजी अफिम र १३ लाख नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई सुर्खेतबाट सार्वजनिक

पत्रकार सहकारी अनलाईन टिभी पत्रकार संघबाट निस्कासित



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ ।

बरामद गरिएको अफिम र नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई आज सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत शान्ति टोल सुर्खेतमा कोठा भाडामा बस्दै आएकी कुशे गाउँपालिका–५ जाजरकोटका २२ वर्षीयन दिलमाया सिंह ठकुरी, उनका दाजु ३३ वर्षीय रामबहादुर सिंह, भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत ठकुरीटोल बस्दै आएका कुसे गाउँपालिका–७ गमौडीका ३५ वर्षीय कृष्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

त्यसैगरी, पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत बस्ने ३८ वर्षीय प्रेमबहादुर विक र नरहरिनाथ गाउँपालिका–४ कालीकोट स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ न्यूरोडस्थित जनगर्जन मिडिया प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका मनबहादुर शाही (सहकारी)समेत रहेको उनले बताए ।

प्रहरी उपरीक्षक शाहीका अनुसार उनीहरूबाट सुर्खेत प्रहरीले रु १३ लाख नक्कली नोट र करिब रु ९० लाख बराबरको अफिम बरामद भएको छ । त्यससँगै क्यानन प्रिन्टर, हाइटेक लेखिएको सिपियु, जिलियन टेक लेखिएको मोनिटर, कि–बोर्ड, माउस, कार्डडिटर, चिप्स मेमोरी र क्यानन क्यामेरासमेत एकरएक थान फेला पारी बरामद गरिएको उनले जनाए ।

पक्राउ परेकामाथि लागुऔषध तथा जाली नोट कारोबार उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको बताउँदै प्रहरी उपरीक्षक शाहीले प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाले करिब रु दुई लाख सक्कली नोटसँग नक्कली नोट साटिसकेकाले लेनदेन गर्दा सचेत रहन सबैलाई आग्रह गरेका छन् ।

उनका अनुसार अफिम खरिदका लागि ती नक्कली नोटहरू प्रायः सुर्खेत, जाजरकोटका व्यापारीलाई दिएको आरोपितले बताएका छन् । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषध नियन्त्रणको अभियानलाई आक्रमक बनाउँदै लगेको छ ।

पत्रकार सहकारी अनलाईन टिभी पत्रकार संघबाट निस्कासित
जनगर्जन मिडिया प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका कार्यालयका सञ्चालक कालिकोट नरहरिनाथ गाउँपालिका–९ घर भएका ३४ वर्षीय मन बहादुर शाही सहकारीलाई अनलाइन टिभी पत्रकार संघ नेपालले निस्कासन गरेको छ उनी संघको लुम्बिनी प्रदेशका सहसचिव पनि हुन् । उनलाई संघले कारवाही गर्दै सदस्यताबाट निष्काशन गरेको संघकी प्रदेश अध्यक्ष साबित्री गिरीद्वा प्रकाशित विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ३० बजे

हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन

बागलुङ । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको