२३ चैत्र २०८२, सोमबार | April 6, 2026

अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध गर्छ : राष्ट्रपति  



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट अत्यावश्यक ऐन, कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्ने बताएका छन् ।
आज राष्ट्रपति कार्यालयमा संसदीय मामिला पत्रकार समाजआबद्ध पत्रकारहरूसँगको भेटमा उनले संसद्मा ‘डेडलक’को अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताए ।
राष्ट्रपति पौडेलले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएकाले यसैका पक्षमा एकजुट भइ आआफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको प्रसङ्ग उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी ऐन, कानुन निर्माण प्रक्रियालाई अझ सहज, पारदर्शी र जवाफदेही बनाउन आमसञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।
उनले संसद् र संसदीय समितिमार्फत जनताका पक्षमा कानुन बनाउने र समसामयिक एवं जल्दाबल्दा समस्या उजागर गर्ने संसदीय अभ्यासलाई अझ प्रभावकारी र जवाफदेही बनाउन यस क्षेत्रमा कलम चलाउने आमसञ्चारकर्मीका तर्फबाट खबरदारीसहित सहयोग र सहकार्य हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १ : ३३ बजे

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु

सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २