२ पुस २०८२, बुधबार | December 17, 2025

अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध गर्छ : राष्ट्रपति  



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट अत्यावश्यक ऐन, कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्ने बताएका छन् ।
आज राष्ट्रपति कार्यालयमा संसदीय मामिला पत्रकार समाजआबद्ध पत्रकारहरूसँगको भेटमा उनले संसद्मा ‘डेडलक’को अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताए ।
राष्ट्रपति पौडेलले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएकाले यसैका पक्षमा एकजुट भइ आआफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको प्रसङ्ग उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी ऐन, कानुन निर्माण प्रक्रियालाई अझ सहज, पारदर्शी र जवाफदेही बनाउन आमसञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।
उनले संसद् र संसदीय समितिमार्फत जनताका पक्षमा कानुन बनाउने र समसामयिक एवं जल्दाबल्दा समस्या उजागर गर्ने संसदीय अभ्यासलाई अझ प्रभावकारी र जवाफदेही बनाउन यस क्षेत्रमा कलम चलाउने आमसञ्चारकर्मीका तर्फबाट खबरदारीसहित सहयोग र सहकार्य हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १ : ३३ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर