३० असार २०८३, मंगलबार | July 14, 2026

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

जसपा नेपालको यो पछिल्लो निर्णयसँगै राष्ट्रियसभामा ओली सरकार अल्पमतमा परेको छ । यसअघि नै पार्टीको कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो । तर लामो समयसम्म पनि संसदीय दलले समर्थन फिर्ताको निर्णय नगर्दै जसपा सरकारसँग बार्गेनिङमा रहेको विश्लेषण गरिएको थियो ।

यसबीचमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूसँग जसपाका नेताहरूबीच पटक-पटक संवाद र छलफल गरेका थिए । दुई दिनअघि मात्र भएको भेटवार्तामा भूमि सम्बन्धी विधेयकका प्रावधान, आगामी सत्ता सहकार्यका सम्भावना लगायतका विषयमा छलफल भएको थियो ।

तर जसपाले भूमि विधेयकमा आफ्नो अडानबाट पछि हट्न नचाहेको स्पष्ट पारेको अध्यक्ष उपेन्द्र यादवले बताएका थिए । प्रधानमन्त्री ओली र सभापति देउवाले संवादमार्फत समस्या समाधान गर्न सकिने संकेत गरे पनि जसपाले आफ्ना नीति र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै समर्थन फिर्ता गर्ने निर्णय लिएको हो ।

यससँगै सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग जसपाको औपचारिक सम्बन्ध अन्त्य भएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ४ : २७ बजे

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता