१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

जसपा नेपालको यो पछिल्लो निर्णयसँगै राष्ट्रियसभामा ओली सरकार अल्पमतमा परेको छ । यसअघि नै पार्टीको कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो । तर लामो समयसम्म पनि संसदीय दलले समर्थन फिर्ताको निर्णय नगर्दै जसपा सरकारसँग बार्गेनिङमा रहेको विश्लेषण गरिएको थियो ।

यसबीचमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूसँग जसपाका नेताहरूबीच पटक-पटक संवाद र छलफल गरेका थिए । दुई दिनअघि मात्र भएको भेटवार्तामा भूमि सम्बन्धी विधेयकका प्रावधान, आगामी सत्ता सहकार्यका सम्भावना लगायतका विषयमा छलफल भएको थियो ।

तर जसपाले भूमि विधेयकमा आफ्नो अडानबाट पछि हट्न नचाहेको स्पष्ट पारेको अध्यक्ष उपेन्द्र यादवले बताएका थिए । प्रधानमन्त्री ओली र सभापति देउवाले संवादमार्फत समस्या समाधान गर्न सकिने संकेत गरे पनि जसपाले आफ्ना नीति र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै समर्थन फिर्ता गर्ने निर्णय लिएको हो ।

यससँगै सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग जसपाको औपचारिक सम्बन्ध अन्त्य भएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ४ : २७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा