५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ



तनहुँ । कर्तव्य गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा तनहुँको भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शाहीलाई २९ वर्ष तीन महिनापश्चात् विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज स्याङ्जाको चापाकोट नगरपालिका–४ घुर्लीचौरबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । पक्राउ परेका शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाइएको उनले बताए ।

तनहुँको साविक ढोरफिर्दी गाविस–८ र भानुमति गाविस–७ राइपुरको सीमानामा पर्ने क्याङ्दी खोला र बरखोलाबीच जरेबरमा लागेको मेलामा महिलाका विषयमा विवाद हुँदा सोही स्थान बस्ने चित्रबहादुर खाँणलाई खुकुरी तथा छुरी प्रहारगरी हत्यागरी शाही फरार भएका थिए । तनहुँ जिल्ला अदालतले विसं २०६० माघ २८ गते कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्ष कैदको फैसला सुनाएको थियो । घटनापश्चात् शाही हालसम्म फरार रहेका थिए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १० : ०० बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही