१५ माघ २०८२, बिहिबार | January 30, 2026

पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड



काठमाडौं । सौरमास अनुसार साउन महिना लागेसँगै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साउन महिना भगवान् शिवको महिना भएकाले पूजा आराधना एवं दर्शनका लागि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो । बिहान चार बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । पशुपतिनाथका चार ढोका बिहान चार बजेदेखि नै भक्तजनका लागि खुला गरिएको थियो ।

पशुपति क्षेत्रमा आजदेखि नै चार वटा ठूला कार्यक्रम पनि सुरु भएकाले पनि बिहानैदेखि लाखौँ भक्तजनको भीड देखिएको उनले जानकारी दिए। ती कार्यक्रमका कलश यात्रालगायत कार्यक्रम र पशुपतिनाथको साउनमा हुने नियमित पूजा आजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको हो ।

साउन महिनाको पनि सोमबार र शनिबार पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड हुने गर्छ । आजदेखि नै पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको पनि सदस्य सचिव जोशीले जानकारी दिए । पशुपति क्षेत्रमा सोमबार र शनिबार भक्तजनको धेरै भीड लाग्ने गर्छ । सोमबार र शनिबारका लागि स्वयंसेवक खटाउने तयारी पनि कोषले गरेको छ ।

पशुपतिनाथसँगै काठमाडौं उपत्यकाभित्रका शिवालयहरु गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रमा रहेको सानो पशुपतिनाथ भनिने मक्खन महादेवलगायत साना ठूला शिवालयमा पनि भक्तजनको भीड लागेको छ । चान्द्रमास अनुसार असार २७ गते शुक्रबारदेखि नै साउन महिना लागिसकेको छ । यस वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । यसैगरी पाँच वटा शनिबार परेको छ । यसैगरी पाँच शनिबार परेको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १२ : ०८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला