६ बैशाख २०८३, आइतबार | April 19, 2026

रुपन्देहीमा बुटवल, तिलोत्तमा र सैनामैनामा कोरा हुने



बुटवल । पर्यावरण र स्वास्थ्य जोडिएको साईकल अभियानका रुपमा गरिदै आएको पर्यटन प्रवद्र्धन हुने कोरा साईक्लिङ कार्यक्रमको तिब्र तयारी भैरहेको छ । विश्वभर नै पर्वको रुपमा लिईने कोरा यसपटक रुपन्देहीमा ३ पालिकाहरुमा हुदैछ । बुटवलसहित तिलोत्तमा र सैनामैनामा समेत कोरा २०२५ हुने भएको हो ।

मणिमुकुन्द बुटवल कोरा २०२५ को पाचौ संस्करणको तयारी बारे विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको आयोजक बुटवल युनाईटेड क्लबले जनाएको छ ।

पत्रकार सम्मेलनमा बुटवल युनाईटेड साईक्लिङ क्लबका सल्लाहकार टुक बहादुर क्षेत्रीले साइकल स्वास्थ्य र पर्यटन दुबै पक्षसंग जोडिएको बताए । ‘रमाइलोसंगै शिक्षा, स्वास्थ्य, पुनर्निर्माणमा सहयोग पु¥याउने सामाजिक उदेश्य समेत रहेको छ ।’- उनले भने । नेपाल साईक्लिङ संघका केन्द्रिय उपाध्यक्ष स्वस्तिक श्रेष्ठले खेलकुद र पर्यटन प्रवद्र्धनमा साईक्लिङको महत्व रहेको बताए । तिब्बती शब्द ‘कोरा’ को शाब्दिक अर्थ पवित्र यात्राको क्रममा घुम्ने, परिक्रमा गर्ने बुझाउने भन्दै उनले पवित्र उदेश्यका साथ विश्वभर नै साइक्लिङ गरिदै आएको बताए । यसवर्ष एक सय बढी साइक्लिष्ट सहभागी हुने बुटवल कोराको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव राजु तिवारीले बताए । करीब डेढ लाख खर्च हुने कार्यक्रमलाई मणिमुकुन्द कलेजबाट मुख्य सहित विभिन्न दाताहरुबाट सहयोग मिलेको उनले बताए ।

यता तिलोत्तमा नगरपालिकामा पनि पहिलोपटक कोराको तयारी अन्तिम चरणमा पुगेको विहिबार तिलोत्तमामा पत्रकार सम्मेलन गरि आयोजक तिलोत्तमा राईडर्सले जनाएको छ । तिलोत्तमा राईडर्सको आयोजनामा प्रथम तिलोत्तमा कोरा २०२५ हुन लागेको हो । तिलोत्तमा राईडर्सका अध्यक्ष अर्जुन गुरुङले तिलोत्तमा क्षेत्रका पर्यटकिय गतिविधिलाई समेटेर करीब ५० किलोमिटर दुरीको कार्यक्रम गर्न लागेको बताए । पहिलो पटक आयोजना हुने कार्यक्रममा ११० जना राईडरहरु दर्ता भएको उनले बताए । यसैगरि मंसिरमा समेत खेल प्रतियोगिता गर्ने तयारीमा रहेको उनले बताए ।

सैनामैना क्षेत्रको पर्यटकिय क्षेत्रहरुलाई प्रचार गर्ने गरि कोरा गर्न लागेको साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए । सातौ संस्करणको कोरा यसपटक पनि ६० किलोमिटर हुने उनले बताए । निशुल्क दर्ता हुने कार्यक्रममा करीब २८० जना साईक्लिष्ट दर्ता भएको उनले बताए ।

कोरामार्फत सैनामैनाको धार्मिक, सास्कृतिक पर्यटन प्रवद्र्धनका कार्य समेत हुने उनले बताए । कोराको मुल मर्म अनुसार कार्यक्रम गरि सामाजिक क्षेत्रमा योगदान गर्दै आएको उनले बताए । कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । रुपन्देहीसहित पाल्पा र बाकेमा समेत कोरा आयोजना हुदैछ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ७ : १८ बजे

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग