काठमाडौं। वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा आज समाहित हुदैँछ ।
राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी गौतम नेतृत्वको अभियान एकीकृत समाजवादीमा समाहित हुन लागेको हो ।
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सम्बोधन गर्नेछन् ।
यसअघि नै आज समाहित हुने भनेर एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच हस्ताक्षर भैसकेको छ । जसअनुसार आज औपचारिक कार्यक्रम गर्न लागिएको हो ।



















प्रतिक्रिया