२ चैत्र २०८२, सोमबार | March 16, 2026

नेपालगन्जका विद्यालयहरुलाई नेपाली कपडा र नेपालकै टेलरमा सिलाएको पोशाक बनाउन उपमहानगरको निर्देशन



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पालिका अन्तर्गतका बिद्यालयहरुलाई स्वदशी कपडाको पोषाक प्रयोग गर्न गराउन र स्वदेशी टेलरमा सिलाउन निर्देशन जारी गरेको छ । सिमा पारी भारतिय बजारका व्यवसायीहरुले बिद्यालयका ढोका ढोकामा आकषृक विज्ञापन राख्ने र कतिपय बिद्यालयहरुले सिमा पारीको पसलबाट ड्रेस ल्याउन अभिभावकलाई बाध्य पार्ने गरेको गुनासो आएपनि उपमहानगरले विद्यालय पोषाक नेपाली कपडा र नेपाली टेलरमा सिलाएको हुनुपर्ने निर्देशन जारी गरेको हो ।

विद्यालय संचालकहरु कमिसनको लोभमा सिमापारीका कपडा पसलहरुबाट प्रभावित हुन थालेपछि कपडा व्यवसायी संघ र सिलाई व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएका थिए । जिल्ला प्रशासनबाट प्राप्त पत्रलाई आधार मानेर उपमहानगरपालिकाले सूचना प्रकाशित गरेर विद्यालयहरुलाई निर्देशन गरेको हो ।

विद्यालयले पोषाक निर्धारण गर्दा नेपाली कपडा र नेपाली टेलरमा सिलाएको हुनु पर्ने सूचना जारी गर्दै उपमहानगरले पोषाक परिवर्तन गर्नु परे अन्तिम परीक्षा अगार्व विद्यार्थीहरुलाई पूर्व सूचना दिन पनि निर्देशन दिएको छ ।

विद्यालयहरुले ड्रेस सिलाउनका लागि गोप्य सम्झौता गर्ने गरेको गुनासो आएको सूचनामा उल्लेख गरिएको छ । उपमहानगरका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाले जारी गरेको सूचनामा विद्यालयहरुले कमिसनको कारोबार गरेको गुनासो आएको समेत जनाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ४ : ३८ बजे

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले करिब ११ लाखभन्दा बढीको अवैध