१ पुस २०८२, मंगलबार | December 17, 2025

कर्णाली विकास बैंक अनियमितता प्रकरण : राष्ट्रबैंकका तत्कालिन अनुगमन अधिकृत पक्राउ



काठमाडौं । बैंकको अवस्था खराव रहेकै अवस्थामा बैंकको अवस्था ठिक रहेको प्रतिवेदन बनाउने एकजना राष्ट्रबैंकका पूर्व कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक अनियमितता प्रकरणमा बैंकको अवस्था ठिक रहेको प्रतिवेदन दिने राष्ट्रबैंकका एकजना तत्कालिन अनुगमन अधिकृत पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत रहेका छन् । कर्णाली विकास बैंकका ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा सीआईबीले बस्नेतलाई पक्राउ गरेको हो । काठमाडौंको टोखाबाट बस्नेतलाई पक्राउ गरिएको बताइएको छ ।

बैंक गम्भीर समस्यामा फसिसकेका बेला समेत अनुगमन अधिकृतका रुपमा खटिएका बस्नेतले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको सीआईबीको आरोप छ । राष्ट्रबैंकबाट अनुगमनमा आउने टोलीलाई बैंक प्रशासनले ‘सुरा सुन्दरी’को ब्यवस्था गरिदिने गरेको बैंककै कर्मचारीहरुले नाम नछाप्ने शर्तमा बताएका छन् ।

यसअघि नै सीआईबीले अनुगमनमा गएकाहरुको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । त्यस सम्बन्धमा सीआईबीसहित प्रहरी उच्च अधिकृतहरुसँग गर्भनर विश्व पौडेलले समेत चासो देखाएका थिए ।

यो बैंकमा भएको घोटालामा प्रहरीले हालै भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेर ल्याएको थियो भने अर्का पूर्व अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रलाई नेपालगन्जबाट नियन्त्रणमा लिएको थियो। बैंक ठगीमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाह समेतको संलग्नता खुलेको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम र बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निस्किएपछि यसमा घोटाला भएको खुलेको थियो । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको आन्तरिक छानबिन समितिले देखाएपछि अनुसन्धानका लागि सीआईबीलाई पत्र पुगेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : २७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष