२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवल कोरा २०२५ सम्पन्न



बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२५ को पाचौ संस्करण सफलता पूर्वक सम्पन्न भएको छ । मानव स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवद्र्धनलाई जोडेर बुटवल युनाईटेड क्लबको आयोजनामा कोरा सम्पन्न भएको हो ।

मणिमुकुन्द कलेजबाट शुरु भएको साइक्लिङ रयाली मोतीपुर, नरेश्वरधाम, देविनगर, देवदह चरङे, देवदह मेडिकल कलेज, रामनगर, कालिका कलेज हुदै पुनः मणिमुकुन्द कलेज परिसरमा पुगेर समापन भएको कार्यक्रम संयोजक दिपक कार्कीले बताए ।

कार्यक्रममा सहभागीमध्येबाट देशका विभिन्न साईकल इभेन्टसंगै मेचीमहाकाली साईकल यात्रा गरेका साईक्लिष्ट जोडी हरि गुरुङ (भोटे) र बबिता तमु, आठ वर्षिय राईडर भैरहवाका क्रिष्टोफर श्रेष्ठ, अपाङता राईडर मोहन लाल सुवेदीलाई सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लबका सल्लाहकार तथा कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले सबै उमेर समुहका सहभागीता रहेको कोरा उत्कृष्ट रुपमा सम्पन्न भएको बताए ।

कार्यक्रममा बुटवल, तिलोत्तमा, सिद्धार्थनगरका एक सय १० जना साईक्लिष्टहरु सहभागी रहेको क्लबका सचिव राजु तिवारीले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : २३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको