२३ श्रावण २०८३, शनिबार | August 8, 2026

सचिवालय बैठकले प्रस्ताव गरेको विधान संशोधनसम्बन्धि प्रस्ताव एमाले पोलिटब्युरोबाट पारित

७० वर्षे हदम्याद र २ कार्यकाल अध्यक्ष बन्न पाउने पावन्दी खारेज, २ खाले सदस्यता



काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले सचिवालयबाट निर्णय भएर आएको पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले सचिवालय बैठकबाट पास भएर आएको विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । सचिवालयबाट प्रस्ताव गरिएको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले बताए । बैठकले २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पनि पारित गरेको छ । संशोधित प्रस्तावमा एमालेमा साधारण र संगठीत गरि दुईथरी सदस्य रहने ब्यवस्था गरिएको छ । उनका अनुसार उपाध्यक्ष बिष्णु पौडेलले बिधान संशोधनको प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

मुलभूतरुपमा उमेरहद र दुई सदस्यताको एजेण्डा सचिवालयको निर्णयलाई स्वीकर गर्दै सामान्य सुझावलाई समावेश गर्नेगरी विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको उनले बताए ।

पोलिटब्युरो बैठकमा ६८ जना सदस्यले धारणा राखेको पनि गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ८ : १७ बजे

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,