३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा



काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । उनले अखिल नेपाल फुटबल संघ एन्फा समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा केही दिनअघि आइपुगेको एन्फा स्रोतले जनाएको हो ।

उज्वेकिस्तानमा एसियन कप छनोटका क्रममा एन्फासँग विवाद हुँदा प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन् । उनले एक अन्तर्वार्तामा एन्फासहित सहायक प्रशिक्षक तथा व्यवस्थापकलाई विभिन्न आरोप लगाएका थिए ।

हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङसहितका टोलीको पत्रकार सम्मेलन गर्दै प्याट्रिकको आरोपलाई खण्डन गरेका थिए ।

प्रो लाइसन्स प्राप्त प्रशिक्षक प्याट्रिक गत जेठ २२ गते नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । एक वर्षका लागि नियुक्त भएपनि विवादका कारण प्याट्रिकले एक महिनामै राजीनामा दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ५९ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा