७ आश्विन २०८३, बुधबार | September 23, 2026

किरण भेट्न टोखा पुगे प्रचण्ड



काठमाडौं । आफ्ना ‘राजनीतिक गुरू’ मोहन बैद्यको स्वास्थ्यस्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् ।

प्रचण्डले आज नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ लाई उनको निवास टोखा पुगी स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका हुन् ।

सो क्रममा बैधको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको प्रति खुशी व्यक्त गर्दै पूर्ण स्वास्थ्य लाभको कामनासमेत गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

किरणसँगको भेट पछि अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज कमरेड मोहन बैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।’

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ३ : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई