८ चैत्र २०८२, आइतबार | March 22, 2026

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । पार्टी सचिवालय र पोलिट्ब्युरो बैठकपछि आज एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा ११ बजेबाट सुरु हुनेछ । बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ । संशोधन प्रस्तावामा ७० वर्षे उमेर हद हटाउने र दुई कार्यकालको व्यवस्था हटाउनेलगायत छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संशोधन प्रस्तावमा एमालेमा पदेनसहित ३५५ जना केन्द्रीय सदस्य छन् । उनीहरूले संशोधन प्रस्तावमा आआफ्नो धारणा राख्नेछन् । बैठकमा भदौको २० देखि २२ गतेसम्म हुने पार्टीको विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरू प्रस्तुत हुन लागेका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ४४ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा