१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

मनास्लु पदमार्गमा जथाभावी फोहर नफाल्न आग्रह



गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहर सङ्कलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ । स्थानीयवासीको सहभागितामा फोहर व्यवस्थापनका लागि पदमार्गमा ‘डस्टबिन’ राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

पदमार्गलाई सफा, सुन्दर र सुरक्षित राख्न ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको हो । फोहर व्यवस्थापनबाट वातावरण संरक्षणमासमेत सहयोग पुग्ने उहाँको भनाइ छ । प्रमुख शेरचनले भने, ‘‘त्यहाँ घुम्न पर्यटकले जथभावी फोहर फ्याक्ने गर्दा मनास्लु लार्केपास पदमार्गमा जथाभावी फोहर देखिने गरेको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी व्यवस्थापनका लागि ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको छ ।’’

मनास्लु पदमार्गमा पानीको बोतल, बिस्कुट चाउचाउका खोललगायतका फोहर यत्रतत्र देखिने गरेका थिए । ‘‘अब फोहरको उचित व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ, प्रमुख शेरचनले भने, ‘‘स्थानीयवासी सबै मिलेर पदमार्गमा पुगेका पर्यटकलाई बाटोमा फोहर फाल्न नदिने र डस्टबिनमा फाल्ने बानीलाई प्रोत्साहन गर्नसके फोहर व्यवस्थापनमा निक्कै सहज हुनेछ ।’’

उनका अनुसार ‘डस्टबिन’ राख्नुअघि आयोजना कार्यालयले स्थानीय सरोकारवाला, आमा समूहलगायतसँग कार्यक्रमको प्रभावकारितालगायतको विषयमा छलफलसमेत गरेको थियो । स्थानीयवासी लक्ष्मी गुरुङले पदमार्गमा राखिएका ‘डस्टबिन’ले पदयात्रामा आउने पर्यटकलाई पनि राम्रो सन्देश दिने बताए । उनले भने, ‘‘पदमार्ग वरपर फोहरको समस्या बढ्दै गएको थियो । अहिले डस्टबिन राखिएपछि जथाभावी फोहर फाल्नुहुँदैन भन्ने परेको छ ।’’

कार्यालयले स्थानीयवासीलाई फोहर व्यवस्थापन, पुनः प्रयोग र रिसाइकलको विषयमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । मनास्लु पदमार्गमा एक वर्षमा १२ हजार भन्दाबढी विदेशी पर्यटक घुम्न पुग्ने गर्दछन् ।

 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ३५ बजे

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना