१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न



बुटवल । लयान्स क्लब अफ बुटवल तिलोत्ता र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा सोमबार बुटवलमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयमा आयोजित शिविरमा १५० जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले सामाजिक क्षेत्रमा लायन्स क्लबले सञ्चालन गरेका गतिविधिहरुले सकारात्मक प्रभाव पार्न सफल भएको उल्लेख गरे । बुटवल उपमहानगरले यहाँका विभिन्न सामाजिक संघ-संस्थाहरुसँग सहकार्य गरी शिक्षा, स्वास्थ्य तथा सामाजिक तथा मानवीय बिकासका क्षेत्रमा काम गर्दै आएको जानकारी गराए ।

बुटवललाई आर्थिक केन्द्रको रुपमा बिकास गर्दै यहाँको मानवीय बिकासका लागि रोजगार प्रवर्द्धन तथा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिम लगायतका गतिविधिहरु सञ्चालन भइरहेको बताए । कार्यक्रममा बोल्दै लायन्स डिस्ट्रिक ग्याट टिम लिडर खिमबहादुर हमालले थप रचनात्मक कार्यका लागि क्लबलाई आग्रह गरे ।

परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा आयोजित शिविरमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सतिश रुपाखेतीले स्वास्थ्य परीक्षण गरेका थिए भने परिवार नियोजन संघका स्वास्थ्यकर्मीहरु पदमा श्रेष्ठ र शुष्मा श्रेष्ठले सहजीकरण गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, उक्त क्लबका तर्फबाट कार्यक्रम संयोजक उपेन्द्रमान श्रेष्ठ, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीका अध्यक्ष सिता श्रेष्ठ तथा उक्त क्लबका तर्फबाट कार्यक्रम संयोजक ताता श्रेष्ठ लगायतले बोल्दै पछिल्लो समयमा महिलाहरुमा गम्भिर समस्याका रुपमा देखिएको पाठेघरको मुखको क्यान्सर सम्बन्धी समस्यालाई न्यूनिकरणका लागि शिविर आयोजना गरिएको बताए । क्यान्सर हुनुभन्दा पहिलेनै लक्षणहरु भेटिएमा उपचार सम्भव हुने भएकाले सचेतनाका लागि कार्यक्रमको आयोजना गरिएको उनीहरुले बताए ।

कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बुटवल तिलोत्तमाका सचिव काशीराज ज्ञवालीले गरेका थिए । शिविर सञ्चालनका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर २ ले सहकार्य गरेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : १२ बजे

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु