कास्की । १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न एक पक्राउ परेका छन् । चोरी अभियोगमा माछापुछ्रे गाउँपालिका–९ घर भएका २३ वर्षीय ओम बहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता भण्डारीको कोठाबाट नगद १२ लाख ३० हजार रूपैयाँ शुक्रबार राति चोरी भएको थियो ।
सो घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न भुजेललाई पोखरा महानगरपालिका–६ डिकोपाटनबाट चोरी भएको नगद ९ लाख ९७ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया