१० चैत्र २०८२, मंगलबार | March 24, 2026

शेखरको आरोप : एमालेले कांग्रेसको मूल चरित्रमाथि प्रहार गर्दा पनि पार्टी नेतृत्व लाछी भएर बस्यो



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (एमाले)ले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद् विधेयकमार्फत एमालेले कांग्रेसको मूल चरित्रमाथि प्रहार गरिरहेको बताएका छन् ।

४३ औं बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । तर यस्तो अवस्थामा पनि कांग्रेसभित्रैबाट कमजोरी देखिएको उनले गुनासो गरे ।

उनले भने, ूप्रतिनिधि सभाले संवैधानिक परिषद् विधेयक पारित गर्‍यो, राष्ट्रिय सभाले परिमार्जन गरेर फिर्ता पठायो। हामीले दुई दिन रोक्यौं, तर अन्ततः कांग्रेसको प्रमुख सचेतकले ह्विप जारी गरेपछि हामी बाध्य भयौं। यस्तो संवेदनशील विषयमा ह्विप जारी गर्नु कांग्रेसको मूल्यमान्यताविरुद्ध हो।

कोइरालाले ‘बिपी भएको भए यस्तो अवस्था स्वीकार्नु हुन्नथ्यो’ भन्दै वर्तमान नेतृत्वप्रति असन्तुष्टि प्रकट गरे।

‘भूमिसम्बन्धी विधेयकको विषय उठाउँदै कोइरालाले एमालेले विधेयक छिटो पारित गराउन हतार गरेको आरोप लगाए। ूभोलि–पर्सि नै विधेयक पास गर्ने तयारी छ। किन समितिमा छलफल गर्न एमाले डराइरहेको छ ?’ उनले प्रश्न गरे।

कोइरालाले भूमिसम्बन्धी विवादमा संलग्न एकजना मन्त्रीले राजीनामा दिए पनि अर्का बलराम अधिकारी अझै पदमा रहेको भन्दै कांग्रेसको निष्क्रियता प्रति आक्रोश व्यक्त गरे। ‘एमालेको कास्की जिल्ला समितिले मन्त्री बलराम अधिकारीको राजीनामा मागिरहेको छ, तर हामी भने चुप लागेर बसेका छौं। यस्तो लाछीपन अरु के हुन सक्छ’, कोइरालाले प्रश्न गरे।

राष्ट्रिय सभामा एमाले सांसदहरूले कुलिङ पिरियड हटाउने संशोधन प्रस्ताव गरेर कांग्रेसको नीतिगत मान्यतामाथिको आक्रमण गरेको उनले तर्क गरे । कुलिङ पिरियडमा सरकारी कर्मचारीले अवकाशपछि दुई वर्षसम्म राजनीतिक नियुक्ति नपाउने प्रावधानको विषयमा पनि उनले कांग्रेस नेतृत्वले स्पष्ट अडान लिन नसकेको आरोप लगाए । उनले जोड दिए, ‘जब सभापतिजीले टेक एण्ड पेमा जसरी अडान लिनुभयो, त्यस्तै अडान आवश्यक छ ।’

कांग्रेसको विचारमा कुनै कमजोरी नरहे पनि आफ्नो मूल्यमान्यतामा अडिग नरहँदासम्म यस्ता समस्याहरू दोहोरिरहने उनले बताए ।

 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : ३४ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको