१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब व्याज



काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको व्याजबापतको रकम वितरण गरेको छ ।

कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा रु दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ व्याज वितरण गरेको सूचना अधिकारी डा रोशन कोजुले जानकारी दिए । कोषले गत आवमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा गत चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म पाँच प्रतिशतले व्याज दिएको हो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका छ लाख तीन हजार ४२६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५७३, अनौपचारिक ७२० र स्वरोजगार ४२२ गरी कुल २३ लाख ९० हजार १४१ योगदानकर्ता सूचीकृत भएका छन् ।

कोषमा रु ८६ अर्ब ८६ करोड योगदान सङ्कलन भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत योगदानकर्तालाई रु १५ अर्ब ७७ करोड दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ५७ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन