६ पुस २०८२, आइतबार | December 21, 2025

मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक



काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०८१ को मदन पुरस्कारका लागि छनोट भएका श्रेष्ठ पुस्तकहरूको सूची आज सार्वजनिक गरेको छ ।

गुठीले आज एक विज्ञप्ति जारी गरी पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएकामा त्यसमध्यबाट सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।

सूचीमा परेका पुस्तकहरुमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो ः कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत)’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका छन् ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले ती सात कृतिमध्ये छानिएको एक कृतिलाई २०८१ सालको मदन पुरस्कार प्रदान गरिने जानकारी गराउनुभएको छ । उक्त पुरस्कारको राशि रु चार लाख रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : २० बजे

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन