११ असार २०८३, बिहिबार | June 25, 2026

नवलपुरमा चैते धानको उत्पादन बढ्यो



नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा चैते धानको उत्पादनसँगै उत्पादकत्व पनि वृद्धि भएको हो । नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१/८२ मा प्रतिहेक्टर छ दशमलव तीन मेट्रिक टन पुगेको छ ।

अघिल्लो आव २०८०/८१ मा जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव नौ मेट्रिक टन रहेकामा आव २०७९/८० मा प्रतिहेक्टर छ मेट्रिक टन रहेको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जिल्लामा चैते धानको उत्पादकत्वसँगै उत्पादनमा वृद्धि भएको जानकारी दिए । जिल्लामा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा चैते धानको उत्पादनमा वृद्धि देखिएको उनको भनाइ छ ।

जिल्लामा आव २०७९/८० मा छ हजार १२३ मेट्रिक टन धान उत्पादन भएकामा २०८०/८१ मा छ हजार २४४ मेट्रिक टन तथा आव २०८१/८२ मा सात हजार ५३ मेट्रिक टन धान उत्पादन भएको काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । पर्याप्त सिँचाइ, अनुदानको व्यवस्था, उत्पादकत्वमा वृद्धि, रोग कीराको प्रकोप न्यून, अनुकूल मौसम, मलबीउको न्यून अभावलगायत कारण किसान चैते धानतर्फ आकर्षित भएका काफ्लेले बताए ।

उनका अनुसार जिल्लामा आव २०७९/८० मा एक हजार १० हेक्टर, आव २०८०/८१ मा एक हजार ५३ हेक्टर तथा आव २०८१/८२ मा एक हजार एक सय २० हेक्टरमा चैते धानको खेती गरिएको थियो ।

यसैबीच, जिल्लामा बर्खे धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये साउन ६ गतेसम्म १५ हजार १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको काफ्लेले जानकारी दिए । जिल्लामा यस वर्ष १८ हजार सात सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको उल्लेख गर्दै काफ्लेले नवलपुरमा धान रोपाइँ हुने क्षेत्रफलको करिब ८० दशमलव दुई प्रतिशत भागमा रोपाइँ सकिएको बताए । नेपालमा मनसुन चाँडो भित्रिएको भनिए पनि यहाँ नियमित वर्षा हुन नसक्दा धान रोपाइँ ढिलाइ भएको उनको भनाइ छ ।

नियमित वर्षा भएको अवस्थामा साउन २० गतेसम्म जिल्लामा रोपाइँ सकिने उनले जानकारी दिए । जिल्लामा धानखेती हुने कुल क्षेत्रफलको करिब ५५ प्रतिशत भागमा मात्र सिँचाइ सुविधा पुगेको काफ्लेले बताए । “जिल्लामा ट्युबबेल भएका ठाउँमा रोपाइँ सकिएको छ”, उनले भने, “कुलो र अकासे पानीका भरमा रोपाइँ हुने ठाउँमा धान रोप्नै बाँकी छ ।” मनसुनी वर्षा राम्रोसँग नभएकाले जमिनमा मूल नफुट्दा कुलो सञ्चालन हुन ढिलाइ भएको उनले बताए ।

जिल्लामा अघिल्लो आव २०८१/८२ मा जम्मा १८ हजार सात सय १६ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा ७१ हजार एक सय २० मेट्रिक टन उत्पादन भएको उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ९ : ४३ बजे

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी