३२ असार २०८३, बिहिबार | July 16, 2026

सिद्वान्त छाडेर दुनो सोझाउने र विरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन : प्रधानमन्त्री ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समाज बदल्ने सपना बोकेकाहरुले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बिचारलाई अनुशरण गर्न जरुरी रहेको बताएका छन् ।

पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी थिए भन्दै प्रधानमन्त्री ओलीले समाज बदल्ने सपना बोकेकाहरुले उनका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिए ।

केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे ।

‘पुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुभयो । उहाँका केही सीमाहरु थिए होलान तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो,’ अध्यक्ष ओलीले भने । उनले पुष्पलाल सवैखाले आशक्तिवाट माथि रहेको तथ्य पनि राखे ।

‘पुष्पलाल जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरुको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरुलाई बिर्सन मिल्दैन,’ ओलीको भनाई थियो ।’

विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए ।

उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : १० बजे

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन