४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिद्वान्त छाडेर दुनो सोझाउने र विरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन : प्रधानमन्त्री ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समाज बदल्ने सपना बोकेकाहरुले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बिचारलाई अनुशरण गर्न जरुरी रहेको बताएका छन् ।

पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी थिए भन्दै प्रधानमन्त्री ओलीले समाज बदल्ने सपना बोकेकाहरुले उनका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिए ।

केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे ।

‘पुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुभयो । उहाँका केही सीमाहरु थिए होलान तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो,’ अध्यक्ष ओलीले भने । उनले पुष्पलाल सवैखाले आशक्तिवाट माथि रहेको तथ्य पनि राखे ।

‘पुष्पलाल जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरुको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरुलाई बिर्सन मिल्दैन,’ ओलीको भनाई थियो ।’

विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए ।

उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : १० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज