२२ चैत्र २०८२, आइतबार | April 5, 2026

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ६ : ५८ बजे

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ ।

प्रतिनिधिसभाको सभामुखमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित

काठमाडौं। प्रतिनिधि सभाको सभामुख पदमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका

खोजी अभियान : चार दिनमा दुई सय २६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध

डीपी अर्याललाई सभामुखमा समर्थन गर्ने दललाई रवि लमिछानेले दिए धन्यवाद

काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका डोलप्रसाद अर्यालको विजयीलाई

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

मुस्ताङ । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको