८ कार्तिक २०८३, आइतबार | October 25, 2026

डीपी अर्याललाई सभामुखमा समर्थन गर्ने दललाई रवि लमिछानेले दिए धन्यवाद



काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका डोलप्रसाद अर्यालको विजयीलाई औपचारिकता दिन प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेपछि उनी सभामुख पदमा निर्विरोध निर्वाचित भैसकेका छन् । तर, आज प्रतिनिधिसभा बैठकबाट औपचारिकता दिन लागिएको हो । बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई निर्वाचित गर्न प्रस्ताव गरेकाछन् ।

त्यसक्रममा लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गरेको भन्दै सबै राजनीतिक दलहरूप्रति आभार व्यक्त गरे।

उनले आफ्नो प्रस्तावमा समर्थन जनाउने तथा सर्वसम्मत वातावरण बनाउन सहयोग गर्ने दलहरूलाई धन्यवाद दिँदै यसलाई राजनीतिक सम्मानको उदाहरण भएको बताए। ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले बैठकमा भने।

लामिछानेको प्रस्तावमा अर्थमन्त्री स्वर्णिम वाग्ले, भौतिकयोजनामन्त्री सुनिल लम्साल र कानूनमन्त्री सोविता गौतमले समर्थन गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ३१ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा