७ चैत्र २०८२, शनिबार | March 21, 2026

रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार



बुटवल । रूपन्देही जिल्लामा सङ्घीय आयोजनाको पुँजीगत खर्च कार्यान्वयन र राजस्व सङ्कलनमा सुधार आएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगतको तुलनामा जिल्लामा पुँजीगत बजेटको खर्च र राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको हो ।

सो तथ्याङ्कअनुसार जिल्लाका सङ्घीय कार्यालयहरूको गत आर्थिक वर्ष २०८१र८२ को वित्तिय अवस्था सन्तोषजनक देखिएको छ । गत आवमा रूपन्देहीबाट रु एक खर्ब २० अर्ब बढी राजस्व सङ्कलन गरिएको छ । जुन अघिल्लो आवको तुलनामा १५ दशमलव १६ प्रतिशतले बढी हो ।

भैरहवा भन्सार कार्यालयले मात्र रु ९५ अर्ब १९ करोड बराबरको राजस्व सङ्कलन गरी कूल योगदानको ७८ दशमलव ८५ प्रतिशत हिस्सा ओगटेको छ । यससँगै आन्तरिक राजस्व कार्यालय भैरहवा र बुटवलले क्रमशः रु १२ अर्ब ९८ करोड र ११ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेका छन् ।

अघिल्लो आव २०८०/८१ मा जम्मा रु ३० अर्ब ५१ करोड मात्र पुँजीगत खर्च गरिएकामा गत आवमा रु ८१ अर्ब ७० करोड नाघेको छ । अघिल्लो आवको तुलनामा गत आवमा १६७ दशमलव ७९ प्रतिशतले सुधार भएको हो ।

कोलेनिकाले सङ्घीय कार्यालयहरुको गत आवको वित्तीय अवस्था, बजेट तथा खर्चको अवस्था, पुँजीगत रकमका आधारमा भएको खर्चको अवस्था, वित्तीय हस्तान्तरणको तुलनात्मक विवरण र राजस्व सङ्कलनको अवस्थालगायतका शीर्षकमा तुलनात्मक तथ्याङ्क सार्वजनिक गरेको थियो ।

सङ्घीय संरचनामा पुँजीगत बजेट समयमै खर्च गर्नेतर्फ विकासे कार्यालयहरूले यसपटक विशेष तदारुकता देखाएको पाइएको छ । सडक, खानेपानी, अन्तरराष्ट्रिय सभाहल निर्माण र भूगर्भीय सिँचाइलगायतका ठूला पूर्वाधार योजनाहरुले उल्लेखनीय प्रगति हासिल गर्न थालेको विवरणमा उल्लेख छ ।

एक वर्षमा २५ अर्ब आठ करोड बराबरको काम

गत आवमा जिल्लाका सङ्घीय कार्यालयहरूले जम्मा रु २५ अर्ब आठ करोड खर्च गरेका छन् । जुन कूल स्वीकृत बजेटको ७८ दशमलव ८७ प्रतिशत हो । चालु र पुँजीगत गरेर रु ३१ अर्ब ८० करोड सात लाखभन्दा बढी बजेटका सङ्घीय कार्यक्रम सञ्चालनमा थिए ।

यसमा पुँजीगतभन्दा चालु शीर्षकमा करिब रु पाँच अर्ब रकम बढी विनियोजन भएको थियो । चालु शीर्षकमा ९२ दशमवल १९ प्रतिशत खर्च देखिएको छभने पुँजीगत खर्च ६० दशमलव ७२ प्रतिशत पुगेको कोलेनिकाको तथ्याङ्कमा छ । यो अघिल्लो वर्षको तुलनामा १६७ दशमवल ७९ प्रतिशतले वृद्धि हो । रकमका आधारमा सबैभन्दा बढी पुँजीगत खर्च गर्ने कार्यालयमध्ये बुटवल–गोरुसिङ्गे–चनौटा सडक योजना कार्यालयले रु एक अर्ब ८४ करोड, स्थानीय पूर्वाधार विकास कार्यालय बुटवलले रु एक अर्ब ६७ करोड र बुटवल सडक डिभिजनले रु एक अर्ब ५६ करोड खर्च गरेको छ ।

गत आवमा जिल्लास्थित सहरी विकास तथा भवन निर्माणको कूल बजेट रु ५४ करोड ६७ लाख ५० हजार थियो । सोअन्तर्गतको पुँजीगत खर्च शतप्रतिशत भएको छ । गैडहवा गाउँपालिकाको पनि रु ५९ करोड १४ लाख ६० हजार कूल बजेटको पुँजीगत खर्च शतप्रतिशत गरेको जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २७ गणले रु ५९ करोड ८१ लाख तीन हजार ८१ बराबरको बजेटबाट ९९ दशमलव ९२ प्रतिशत काम गरी तेस्रो स्थान प्राप्त गरेको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको रु ५१ करोड ७४ लाख ६८ हजार बराबरको बजेटबाट ९६ दशमलव २७ प्रतिशत खर्च गरी पुँजीगत खर्च गर्नेमा चौथो बनेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १२ : १४ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान