२२ चैत्र २०८२, आइतबार | April 5, 2026

राष्ट्रपतिसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घका प्रतिनिधिको भेट



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधिमण्डलले भेट गरेको छ । महासङ्घका प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा आज भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याबारे जानकारी गराएको हो ।

उनीहरुले राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्धभत्ता वितरणमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकताविहीन ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्नेलगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राखे ।

राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ६ : १३ बजे

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

मुस्ताङ । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको

सहचालकले बस ब्याक गर्दा एक बालकको मृत्यु

चितवन । बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौं । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको