१० माघ २०८२, शनिबार | January 24, 2026

संवैधानिक परिषद् विधेयक फिर्ताबारे सभामुखले राखे राष्ट्रपतिसँग चासो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच शीतल निवासमा भेटवार्ता भएको छ। शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए।

भेटवार्तामा हालै राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकारसम्बन्धी) ऐन संशोधन विधेयक संसद्‌मा फिर्ता पठाएको विषयमा समेत छलफल भएको बताइएको छ। राष्ट्रपति पौडेलले विहीबार उक्त विधेयक संविधानको मर्मविपरीत रहेको भन्दै पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका थिए।

सभामुख घिमिरेले विधेयक फिर्ताको निर्णयप्रति चासो व्यक्त गर्दै त्यस विषयमा पनि राष्ट्रपति पौडेलसँग संवाद गरेका थिए।

भेटमा सभामुखले आगामी जुलाई २९ देखि ३१ तारिखसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संसद् सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिता बारे जानकारी गराएका छन्। सभामुख घिमिरे सो सम्मेलनमा सहभागी हुन २७ जुलाईमा जेनेभातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : २१ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको