१० भदौ २०८३, बुधबार | August 26, 2026

संवैधानिक परिषद् विधेयक फिर्ताबारे सभामुखले राखे राष्ट्रपतिसँग चासो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच शीतल निवासमा भेटवार्ता भएको छ। शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए।

भेटवार्तामा हालै राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकारसम्बन्धी) ऐन संशोधन विधेयक संसद्‌मा फिर्ता पठाएको विषयमा समेत छलफल भएको बताइएको छ। राष्ट्रपति पौडेलले विहीबार उक्त विधेयक संविधानको मर्मविपरीत रहेको भन्दै पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका थिए।

सभामुख घिमिरेले विधेयक फिर्ताको निर्णयप्रति चासो व्यक्त गर्दै त्यस विषयमा पनि राष्ट्रपति पौडेलसँग संवाद गरेका थिए।

भेटमा सभामुखले आगामी जुलाई २९ देखि ३१ तारिखसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संसद् सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिता बारे जानकारी गराएका छन्। सभामुख घिमिरे सो सम्मेलनमा सहभागी हुन २७ जुलाईमा जेनेभातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : २१ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका