२ चैत्र २०८२, सोमबार | March 16, 2026

‘लिभिङ टुगेडर’मा बस्दै आएका युवतीको संगै बस्ने पुरुषबाट हत्या



नेपालगन्ज । नेपालगन्जमा ‘लिभिङ टुगेडर’ मा बसेका एक युवतीको संगै बस्ने पुरुषले हत्या गरेका छन् । नेपालगन्ज १२ बेलासपुरमा ३ वर्षदेखि संगै बस्दै आएका बर्दियाका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दैलेख घर भई विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रुपमा काम गर्ने २२ वर्षिया निर्मला थापाको नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय सुनारले हत्या गरेका हुन् ।

बुधबार बिहान निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी शवलाई कोठामा बन्द गरेर हिँडेका प्रकाशले १ दिन पछि मात्र मृतकी बहिनीलाई दिदीको हत्या गरेको खबर गरेका थिए । आज बिहान २ बजे आफैले प्रहरीलाई फोन गरेर आफुले हत्या गरेको बताउँदै आत्मसमर्पणका लागि प्रहरी कार्यालय आउंदै गरेको खबर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पतालीले बताए । प्रहरी कार्यालय आउँदै गरेका प्रकाशलाई धम्बोझीको जुम्लीटोलबाट नियन्त्रणमा लिएको उनले जानकारी दिए । प्रहरीका अनुसार प्रकाशले प्रहरीलाई फोन गर्नु अघि आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर अब यति हो है भेटघाट भन्दै प्रहरी कार्यालय तर्फ हिँडेका थिए ।

प्रकाशकै सूचनाका आधारमा उनीहरु बस्ने कोठामा पुगेको प्रहरी टोलीले दुईदिन अघि हत्या भएका निर्मलाको शव बरामद गरेको थियो । निर्मलाको परिवार नेपालगन्ज आएसँगै आज अपरान्ह शवको पोस्टमार्टम गरिएको छ ।

विवाहित प्रकाशको श्रीमती सहित एक छोरा , एक छोरी बर्दियामा रहेका छन् । उनीहरु संगै बेसेको प्रकाशको परिवारका सदस्यहरुलाई जानकारी भएपनि दुईजनाबीच बैबाहिक अवस्था भने नखुलेको डीएसपी पतालीले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ७ : ४० बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र