२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

सरकारी छाप दुरुपयोग तथा नक्कली लालपुर्जा प्रकरणमा बुटवलका मालपोत अधिकृत पक्राउ



बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्।

सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्याललाई पक्राउ गरेको हो । अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित सरकारी छापको दुरुपयोग तथा नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए । घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी विरुद्धपनि पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

उनीहरूले घुस रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेको स्रोतको दाबी छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाउँदै डीएसपी सापकोटाले पक्राउ पुर्जी जारी भएका अन्य कर्मचारीको बारेमा भने केही बताउन चाहेनन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : ३१ बजे

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले