१९ माघ २०८२, सोमबार | February 3, 2026

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा खुल्यो नयाँ भर्ना



नेपालगन्ज । बाँकेमा सञ्चालनमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि स्नातक तहका विभिन्न प्राविधिक विषयहरुमा भर्ना खुल्ला गरेको छ । शुक्रबार विश्वविद्यालयले आफ्नो अस्थायी प्रशासनिक भवनमा पत्रकार सम्मेलन गर्दै भर्ना खुल्ला गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि B.Tech in Civil Engineering, B.Tech in IT Engineering, B.Tech in Computer Science & Artificial Intelligence, / B.Tech in Information Technology विषयहरूमा भर्ना खुला गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुल सचिव रेग बहादुर भण्डारीले खुल्ला गरिएका विषयहरुको कक्षामा क्रमशः दोस्रो र तेस्रो ब्याचका विद्यार्थीहरूलाई भर्ना गरिने जानकारी दिए।

विश्वविद्यालयले प्रस्तुत गरेका मुख्य विशेषताहरूमा गुणस्तरीय र उद्योगमैत्री पाठ्यक्रम, स्थानीय तथा क्षेत्रीय विद्यार्थीहरूका लागि पहुँचयोग्य प्राविधिक शिक्षा, आधुनिक शिक्षण पद्धति, एक महिनाभित्र परीक्षा नतिजा प्रकाशन, र ६० प्रतिशत आन्तरिक मूल्यांकन प्रणाली जस्ता महत्वपूर्ण पक्षहरू समावेश रहेको रजिष्ट्रार भण्डारीले बताए । यसका साथै, अनुतिर्ण विद्यार्थीहरूले दुई महिनाभित्र ग्रेड वृद्धि पुनःपरीक्षा दिन पाउने व्यवस्था विश्वविद्यालयले गरेको उनले बताए ।

उनका अनुसार नयाँ भर्नाका लागि आवेदन फारम २०८२/०४/११ देखि विश्वविद्यालयको प्रवेश पोर्टल entrance.ltu.edu.np मार्फत अनलाइन भर्न सकिनेछ । प्रवेश परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले सम्बन्धित विषयमा न्यूनतम ग्रेड हासिल गरेको हुनु पर्नेछ । कक्षा ११ पास गरी कक्षा १२ को नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरू पनि प्रवेश परीक्षाको लागि योग्य हुनेछन्, तर भर्नाका बेला कक्षा १२ उत्तीर्ण प्रमाणपत्र अनिवार्य रहने छ ।

छात्रवृत्ति योजनामा आर्थिक रूपमा कमजोर, जेहेनदार र विशेष समुदायका विद्यार्थीहरूलाई विभिन्न तहमा छात्रवृत्ति उपलब्ध गराइने विश्वविद्यालयले जनाएको छ । पूर्ण छात्रवृत्ति प्राप्त गर्ने ६ जना, ७५ प्रतिशत छुट पाउने ३६ जना, ५० प्रतिशत छुट पाउने २८ जना र २५ प्रतिशत छुट छात्रवृत्ति धेरै विद्यार्थीलाईप्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

हालसम्म विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा १९८ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले आगामी वर्षमा उक्त संख्या बढाउने लक्ष्य राखेको छ ।

उद्योगसँग सहकार्य गर्दै व्यावहारिक सीप विकासमा केन्द्रित शिक्षाले विद्यार्थीहरूलाई विश्वस्तरीय प्रतिस्पर्धामा सक्षम बनाउने प्रतिबद्धता व्यक्त समेत गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : ११ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली