२९ असार २०८३, सोमबार | July 13, 2026

कर्माचार्य सही विचारका आधारमा कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुहुन्थ्योः अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कमार्चार्यले जहिले पनि सही विचारका आधारमा कम्युनिष्ट आन्दोलनको पक्षपोषण गर्दै आएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य कर्माचार्यको जन्म शताब्दीका अवसरमा आज यहाँ आयोजित साङ्गीतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्माचार्य अत्यन्तै सरल, निष्ठावान, क्रान्तिकारी विचारप्रति अविचलित रुपमा अघि बढ्ने नेता रहेको बताए ।

कर्मचार्यको संरक्षकत्वमा आफूले झण्डै छ वर्ष बिताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले कर्मचार्यकै उत्प्रेरणामा जनयुद्धको सुरुआत गरिएको बताए । “कर्माचार्यले मलाई जनयुद्धको नेतृत्व गर्नुपर्छ भनेर उत्प्रेरित गरिरहनुहुन्थ्यो”, प्रचण्डले भन्नुभयो, “जनयुद्धको तयारीबारेमा उहाँसँग मेरो बारम्बार सल्लाह हुन्थ्यो ।” कर्माचार्यबाट वैचारिक निष्ठा, क्रान्तिको निरन्तरता, इमान्दारिता, सरलताजस्ता गुण सदैव अनुशरण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष एवं माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले श्रमिक, किसान र उत्पीडित वर्गको अधिकारका लागि कर्माचार्यले प्रारम्भिक सङ्घर्षको दिशा तय गरेको स्मरण गर्दै उनको नेतृत्व र दृष्टिकोणले नेपालमा समान्तवादविरुद्ध चेतनाको बीउ रोपेको बताए ।

कार्यक्रममा जनवादी र प्रगतिशील सङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १३ जनालाई सम्मान गरिएको थियो । जनसङ्गीतका हस्तीहरु रायन, जीवन शर्मा, श्याम तमोट, शरद पौडेल, रामकृष्ण दुवाल, कुन्ता शर्मा, नरेन्द्र रेग्मी र हरिदेव ठाकुरलाई सम्मान प्रदान गरिएको थियो । यस्तै सहिद कृष्णसेन इच्छुक, चुन गुरुङ, हरि दर्शनधारी, खुशीराम पाख्रिन र जेबी टुहुरेलाई मरणोप्रान्त सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाल, नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका संस्थापक नारायणकाजी श्रेष्ठलगायत कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए । त्यस अवसरमा जीवन शर्मा, टेक बलम्पाकी, झङ्कार बुढामगरलगायत कलाकारले विभिन्न साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १० : २७ बजे

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की