९ भदौ २०८३, मंगलबार | August 26, 2026

गलेश्वरमा गतआवमा रु ७३ लाख भेटी सङ्कलन



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८१-०८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा ५८ लाख ४० हजार ५१० भेटी सङ्कलन भएको थियो । ०८१-०८२ मा नियमित ४७ लाख १० हजार २९० र मेलापर्वमा २६ लाख पाँच हजार ६३७ भेटी सङ्कलन भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए ।

भेटीसहित विभिन्न शीर्षकमा बैङ्क ब्याजबाहेक गत वर्षमा ९४ लाख १५ हजार १७ रुपैयाँ आम्दानी भएको उनको भनाइ छ ।

यज्ञ दर्ताबाट चार लाख ७३ हजार ५२७, यात्री निवास भाडा सात लाख १९ हजार ७१४, सहयोग तीन लाख ५९ हजार ७९ र स्टल भाडाबापत पाँच लाख ४६ हजार ७७० रुपैयाँ आम्दानी भएको छ ।

गलेश्वर मन्दिर परिसरमा कोषले सञ्चालन गरेको धर्मशालामा एक वर्षको अवधिमा १० हजार जना तीर्थयात्रीहरूले सहुलियतमा आवास सुविधा पाएका छन् ।

मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ ।

मन्दिरको आम्दानीबाट गत वर्ष ज्येष्ठ नागरिक आश्रममा १५ लाख खर्चेर सभाहल निर्माण, गलेश्वर बजार सौन्दर्यकरण योजनामा बेनी नगरपालिकासँग साझेदारीमा ६ लाख, घतान स्वास्थ्य चौकीमा स्तनपान कक्ष बनाउन एक लाख रुपैयाँ सहयोग गरिएको कोषका अध्यक्ष रेग्मीले बताए ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दू धर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्दछ ।

दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : २४ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त