१९ बैशाख २०८३, शनिबार | May 2, 2026

अख्तियारका प्रमुखआयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ।

आइतबार सिन्धुलीका युवराज सफलले प्रमुख आयुक्त राईविरुद्ध छानबिनको माग गर्दै उजुरी दायर गरेका हुन्।

उजुरीमा वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता ठूला घोटालामा राईको संलग्नता रहेको भन्दै निष्पक्ष छानबिन र कारबाहीको माग गरिएको छ।

केही दिनअघि मात्रै वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि अख्तियार प्रमुखको संलग्नताबारे प्रश्न उठेको थियो । अदालतले प्रमुख आयुक्त राईको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै अख्तियारको अभियोजन प्रक्रियामा ूचयनमुखी दृष्टिकोणू अपनाएको टिप्पणी गरेको थियो । अदालतले यस विषयलाई न्यायप्रति जनविश्वास कमजोर बनाउने निर्णय गरिएको ठहर गरेको छ। फैसलामा भनिएको छ, ूउक्त खरिद प्रक्रियामा संलग्न केही पदाधिकारीमाथि अभियोजन नगरी केही व्यक्तिमाथि मात्रै मुद्दा चलाइएको देखिन्छ, जुन समान न्यायको सिद्धान्तविपरीत हो।ू

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गत मंसिर २० गते यो फैसला गरेको हो।

सचिव राईको अध्यक्षतामा २०७३ साल वैशाख २ गते बसेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिको बैठकले दुईवटा वाइडबडी विमान खरिदका लागि उपसमिति गठन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  २ : १७ बजे

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा