१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागमती कांग्रेस संसदीय दलको बैठकमा लामा विरुद्ध अविश्वास प्रस्तावको छिनोफानो हुँदै



हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज हेटौँडामा बस्दैछ।

बिहान १० बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री तथा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। कांग्रेस संसदीय दलभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर उत्पन्न विवादको टुंगो आजको बैठकले लगाउने अपेक्षा गरिएको छ।

गत शुक्रबार कांग्रेसका २१ जना प्रदेश सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। यद्यपी, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदद्वय माया श्रेष्ठ र मीना पराजुलीले आफूहरूको सहमति बेगर हस्ताक्षर गराइएको भन्दै नाम फिर्ता लिएका छन्।

कुल ३७ जना सांसद रहेको दलमा नेताविरोधी प्रस्ताव पारित गर्न कम्तीमा १९ मत आवश्यक पर्छ। प्रस्ताव दर्तापछि विधानअनुसार मुख्यमन्त्री लामाले आफ्नो पक्षमा बहुमत सांसदको समर्थन रहेको प्रमाणित गर्नुपर्ने अवस्था छ।

उक्त प्रस्ताव कांग्रेस प्रदेश सभापति तथा सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा दर्ता गरिएको हो। प्रस्ताव दर्ताअघि सरकारमा सहभागी कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका थिए। १४ मन्त्रालयमध्ये कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये चार मन्त्रीको राजीनामा नेतृत्वप्रतिको असन्तुष्टिको संकेतका रूपमा लिइएको छ।

अविश्वास प्रस्तावमा जनतामाझ कांग्रेसको लोकप्रियता घट्दै गएको, प्रदेश सरकारका कामप्रति व्यापक असन्तोष देखिएको तथा पार्टीको छविमा नकारात्मक असर परेको उल्लेख छ। यस अवस्थालाई सुधार्न वर्तमान नेताको नेतृत्व अपर्याप्त भएकोले संसदीय दलको नेतृत्व परिवर्तन अपरिहार्य भएको बानियाँ पक्षको तर्क छ।

मुख्यमन्त्री लामाले राजीनामा नदिए मतविभाजनमार्फत नयाँ नेता चयन गर्ने प्रक्रिया अघि बढ्नेछ। यद्यपी लामाले आफुले राजीनामा नदिने बताइसकेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : २५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा