४ चैत्र २०८२, बुधबार | March 18, 2026

अवधमा गुडिया र मिथिलामा झुलाको रौनक



नेपालगन्ज । तराईमा रोपाईँ सकिएसँगै मनाईने पर्वहरुको रौनक सुरु भएको छ । यसपर्ष वर्षा नभएपनि परम्परालाई कायम राख्दै अवध क्षेत्रमा आज गुडिया पर्व मनाइरहेका छन् भने मिथिलामा साउन शुक्ल तृतीयादेखि नै झुला पर्व सुरु भएको छ । नेपालमा रुपन्देहीदेखि पश्चिम तराईमा बवधी भाषी नेपालीहरु र पर्सा देखि पूर्व तराईमा मैथली भाषी नेपालीहरुको बसोबास रहेको छ ।

अवधको गुडिया पर्व : नागपञ्चमीसँग जोडिएको अद्वितीय परम्परा
पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने अवधी समुदायले नाग देवताको पूजा गर्ने नागपञ्चमी लाई विशेष गरी गुडिया पर्व का रूपमा मनाउँछन्

। यस पर्वमा गाउँका अगुवाहरू बिहान नुहाएर घर वरिपरि गोबरको ‘गोबर चक्र’ तान्ने चलन छ— यसले सर्पहरूलाई घरमा प्रवेश गर्नबाट रोक्ने मानिन्छ

यसैबीच चना र दूधका घुघरी थालहरू नाग देवताका अगाडि चढाइन्छन्, र घरको ढोकामा सर्प चित्रले पूजा गरिन्छ

। विवाहिता छोरीलाई चनाको परिकार प्रवाहा गरिने र छोरी नामको प्रतीकात्मक ‘गुडिया’ घरमा राखी पूजा गरिन्छ। साँझ हुँदै छोरीसँग सम्बन्धित लठ्ठीले गुडिया पिट्ने समारोह हुन्छ, जुन अथाह भाइ‑बहिनीको मायालाई प्रतीकात्मक रूपमा दर्शाउँछ ।

अवधी समुदायको धार्मिक विश्वास अनुसार गुडिया पिट्नु विगतका पौराणिक घटनासँग सम्बन्धित छ, र भाइचारा, मेलमिलाप एवं धार्मिक आस्था जनाउनको लागि मनाइनेृ गरेको गरिएको छ ।

मिथिलाको झुला पर्व : भक्तिमय लोकसंस्कृति
मध्य साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म (१३ दिन) भारत–नेपाल सीमा नजिकका मिथिला क्षेत्रमा झुला पर्व धुमधामका साथ मनाइन्छ ।

यस पर्वमा विष्णु–लक्ष्मीका अवतार राम–सीता र कृष्ण–राधा का प्रतिमाहरू कोक्रा (झुला) मा राखेर झुलाइन्छ र भक्तिमय गीतहरूले वातावरण गुञ्जिनै गर्दछ ।

युवा–युवतीहरू झुलाको डोरी समातेर गीत, भजन र नृत्य गर्दै सामूहिक भक्तिगीत गाउने गर्दछन्, । जसमा मलार, कजरी र झुला गीतहरू गाउने परम्परा रहँदै आएको छ । आज नागपञ्चमीका दिन झुलामा गुडिया झुलाउँदै कजरी गाउने परम्परा रहेको छ ।

यो पर्व साउनको रोपाइँ समाप्त भएपछि प्रकृतिको हरियाली र उत्सवको समागम भएपछि मनाइन्छ—धान रोपाइँ सकेर हरियाली फैलिएको बगैंचाहरूमा झुलाको आनन्द लिन मैथिल समुदाय जुट्छन्

यस पर्वको आरंभ मिथिलाको प्रख्यात साहित्यकार सन्त सुरकिशोर दासले विक्रम संवत् १७८७ मा सुरु गरेको मानिन्छ, । विशेषगरि मटिहानी (महोत्तरी) र जनकपुर (नेपाल–भारत सीमा नजिक) झुला पर्वलाई धुमधामका साथ मनाउने प्रचलन रहँदै आएको छ ।

यो पर्वमा झुलाघर निर्माण गरी विभिन्न मठमन्दिरका देवदेवताका प्रतिमाहरू एकत्रित गरी झुलाइँन्छ । झुला हेनै निकै ठुलो भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : १४ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन