३२ असार २०८३, बिहिबार | July 16, 2026

विधान संशोधनमा सुझाव दिन मातहत कमिटीलाई एमालेको सर्कुलर



काठमाडौँ । नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोमबार जारी भएको अन्तरपार्टी निर्देशन (अपानी–१२) मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरुले आफ्नो सुझाव लिखित रूपमा सो अवधिभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्ने उल्लेख छ ।

अपानी–१२ मा मातहतका कमिटीबाट प्राप्त सुझाव उपर विधान महाधिवेशनपूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइने उल्लेख छ । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन प्रस्तुत गर्नेछन् । यी तीनै प्रतिवेदन पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा संशोधनसहित पारित गरिएको छ ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि पार्टीको विधान महाधिवेशनका प्रतिनिधि हुने वैधानिक व्यवस्था गरिएको अपानी–१२ मा उल्लेख छ । दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी तथा निकायमा मनोनित भएका आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष ओलीले जारी गरेको अपानी–१२ मा उल्लेख छ ।

अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेको उल्लेख गर्दै पार्टीको भविष्य अन्य पार्टीको तुलनामा निकै उज्यालो रहेको बताएका छन् ।

“वर्तमानमा हामी राष्ट्रिय राजनीतिको केन्द्र भागमा छौ र हाम्रो पार्टीको भविष्य अन्य पार्टीको तुलनामा निकै उज्यालो छ । तर हामीले यतिकैमा सन्तोष गरेर बस्नु हुँदैन,” अध्यक्ष ओलीले जारी गरेको अपानी–१२ मा भनिएको छ, “अब हाम्रो यात्रा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र राष्ट्रिय गन्तव्य पुरा गर्ने कुरामा केन्द्रित हुनुपर्दछ । जनप्रतिनिधिमूलक निकायको कामलाई थप प्रभावकारी बनाउन जोड दिनु आवश्यक छ । त्यसका लागि पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु पर्नेछ । ‘मिसन ८४’ सफल बनाउँदै पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्नुछ ।”

एमालेको अपानीमा समग्रतामा पार्टीको सङ्गठनात्मक जीवन पहिलेको तुलनामा व्यवस्थित हुँदै गएको देखिएको उल्लेख गरिएको छ ।

“पार्टीका बैठक, कार्यक्रम र अभियानमा कार्यकर्ताको सहभागितामा बृद्धि हुँदै गएको छ । तर पार्टीको योजनाअनुरूप अझै पनि पार्टी कामलाई आधारभूत तहमा र जनसङ्गठनका कामलाई समुदायकेन्द्रित गर्न सकिएको छैन । नेपाली समुदायको बढ्दो उपस्थितिको सापेक्षतामा प्रवासको कामलाई अझै विस्तार गर्न सकिएको छैन । पार्टी निर्माणमा पार्टी नेतृत्व र कार्यकर्ताको स्वपरिचालनको अवस्थामा थप सुधार ल्याउनुपर्ने अवस्था देखिन्छ,” पार्टी अध्यक्ष ओलीले जारी अपानीमा भनिएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन तथा ‘मिसन ८४’ सफल बनाउनका लागि पार्टीको सङ्गठनात्मक कामलाई थप सुधार गर्नु आवश्यक रहेको अपानीमा उल्लेख गरिएको छ ।

पार्टीले सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन– १२ जारी गरेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : ०४ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही