१७ माघ २०८२, शनिबार | February 1, 2026

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न



काठमाडौँ । नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिएभने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।

बैठकले अगस्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा २०१९ मा आयोजित ११ औँ नापी विभागका अधिकारी सम्मिलित समिति बैठकको कार्य प्रगतिको समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण र मर्मतसम्भारकासँग सम्बन्धित संयन्त्रका कामलाई अझ प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ ।

बैठक सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको छ । दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा र सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाएका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो । यसलाई सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मत र अन्य प्राविधिक कार्यहरू गर्ने कार्यादेश छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ०३ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले