१० चैत्र २०८२, मंगलबार | March 24, 2026

समाजवादी मोर्चा बैठक : भदौको अन्ततिरबाट देशैभरी जनसङ्घर्ष र अन्तरक्रिया गर्ने निर्णय



काठमाडौँ । समाजवादी मोर्चाले देशमा व्यापक निराशा र आक्रोश बढेकाले ठहर गर्दै त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जाने र देशैभरी जनसङ्घर्ष र अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ ।

दशब्यापी संघर्षको कार्यक्रम गर्ने बारे निर्णय भएको विप्लव नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।उनले मोर्चाका सदस्यहरुबीचको सीमाहरूलाई निर्ममतापूर्वक सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको समेत बताए ।

समाजवादी मोर्चालाई अहिलेको वस्तस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने तहसम्म आफूलाई सदृढ गर्नुपर्नेतिर सोचिएको उनले बताए । त्यसका लागि राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूसँग छलफल हुने पनि उनले जानकारी दिए ।

समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कष निकालेको प्रवक्ता विश्वकर्माले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : २२ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी