९ चैत्र २०८२, सोमबार | March 23, 2026

रास्वपा भैरहवा बैठक : भिजिट भिसा र मानव बेचबिखन विरुद्ध संसद र सडकमा सशक्त आन्दोलन गर्ने



भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको आवरणमा भइरहेका व्यापक भ्रष्टाचार र मानव बेचबिखनका मुद्दालाई थप प्रभावकारी ढंगमा उजागर गर्ने रणनीति तय गरेको छ। बुधबार भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।

बैठकमा चालु संसदिय अधिवेशनमा पार्टीका सांसदहरूले उठाएका जनसरोकारका विषयहरूबारे समीक्षा गर्दै भिजिट भिसा र मानव बेचबिखनका विषयलाई सदन र सडक दुबैबाट सशक्तरूपमा उठाउने निर्णय गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

उनका अनुसार, “हामीले संसदमा जनताको आवाज बुलन्द गर्न सफल भयौं। राज्यका नीति र कार्यशैलीका कारण जनताले भोगेका पीडाहरूलाई उजागर गर्दै भ्रष्टाचारका अन्य केसहरू पनि उठाएका छौं।”

परियारले थपे, “हाम्रो आन्दोलनले जनतामा रास्वपा आफूसँगै छ भन्ने भावना स्थापित गरेको छ। सत्तारुढ दलहरूका साथ सम्झौता नगरेको हाम्रो अडानलाई जनताले समर्थन गरेका छन्। हामी संवादको ढोका खुला राख्दै, तर आन्दोलनको बाटो पनि अगाडि बढाउँदैछौं।”

रास्वपाले संसदको सीमित संख्याबाट हैरान नभई, जनताको पक्षमा ठोस अडान लिने धारणा बनाएको जनाएको छ। “संख्या होइन, जनताको पक्षमा दृढ अडान लिने सोच हामीसँग छ। नेपाली कांग्रेस, एमाले र माओवादी समेत जनताको पक्षमा सहमत हुने आशा गरेका छौं,” परियारले भने।

उनले मुलुकमा मौलाउँदै गएको संगठित अपराधको विरुद्ध सशक्त प्रतिवाद गर्ने र आवश्यक परे आन्दोलनलाई नयाँ ढंग र स्वरूपमा विस्तार गर्ने योजना रहेको बताए।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : ०० बजे

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलका नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा