३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

यथास्थितिमा मिडिया काउन्सिल विधेयक स्वीकार गर्न सकिन्न : वरिष्ठ उपाध्यक्ष आचार्य



नेपालगन्ज । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया काउन्सिल विधेयक स्वीकार गर्न नसकिने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष आचार्यले विधेयकका धेरै बुँदामा नेपाल पत्रकार महासंघको असहमति रहेको भन्दै आचार्यले सच्चिएर नआए नमान्ने बताएका हुन् ।

उनले आमसञ्चार विधेयक नियमन गर्ने नाममा नियन्त्रणमुखी भएको भन्दै महासंघले विरोध जनाइसकेको बताए । उनले पत्रकार महासंघको शुद्धिकरण अभियान निरन्तर चल्ने प्रक्रिया भएको भन्दै दस्तावेजीकरणका लागि नवीकरण गर्दा यसपटक आवश्यक सम्पूर्ण कागजात मागिएको बताए ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्यले मिडिया नियन्त्रण गर्ने नियत राखेको बताउँदै मिडियामैत्री कानुन अनिवार्य शर्त रहेको बताए । संघियताको लाभ मिडियाले पाउन नसकेको उल्लेख गर्दै पोख्रेलले नवलोकप्रियताबादी मौलाए भने त्यसको प्रहार मिडियामाथि हुने स्पष्ट पारे ।

प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले काउन्सिलमा आफूले मिडियामैत्री भूमिका खेल्ने प्रतिबद्धता जनाए । काउन्सिलले प्रदान गर्ने पुरस्कार प्रश्नको घेरामा रहने गरेको स्मरण गर्दै उनले यसपटक कार्यविधि बनाएर पारदर्शी ढंगले काम गर्ने प्रयत्न थालिएको जानकारी दिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष लियाकत अलि, पूर्व अध्यक्ष प्रेम केसी, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, कमल खत्री, सावित्री गिरी, विजय मल्ललगायतले महासंघ र प्रेस काउन्सिलसंग सम्बन्धित विषयमा सुझाबसंगै जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ५८ बजे

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज