१७ माघ २०८२, शनिबार | January 31, 2026

मधेशमा वर्षा : वर्षापछि मधेशका किसानहरुमा झिनो आश पलायो



काठमाडौं । लामो खडेरी खेपिरहेको मधेशका केही जिल्लामा भारी वर्षा भएपछि धान रोपेर धाँजा परेको खेतमा धान पलाउने आशा पलाएको छ । बर्खाको समयमा लामो समयदेखि खडेरी परेको मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएपछि सुकेको धानको बोट पुनः पलाउने आशा जागेको हो ।

पछिल्लो २४ घण्टामा केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियोभने सरकारले मेधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको र भएका रोपाईमा पनि धान सुकेर धाँजा परेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले राहत भएको छ ।

आज बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ । धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

२४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई मौसम विज्ञानमा भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा भएको मानिन्छ ।

मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेशनमा ३२.४ मिलिमिटर वर्षा भएको छ । सिरहा र सप्तरीमा भने वर्षा न्यून भएको छ ।

आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतिर (नेपालतिर) सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १० : २४ बजे

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक