५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

समाजमा सकारात्मक धारणा निर्माणमा मिडिया भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सकारात्मक धारणा निर्माणमा मिडियाले अगुवाको भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिए ।

“सामाजमा हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिनेगरी काम गर्न जरुरी छ”, मुख्यमन्त्री आचार्यले भने, “सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले यो विषयमा संवेदनशील बन्न जरुरी छ ।”

लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उनले जोड दिए । “मुलुक बनाउन बाहिरबाट कोही आउँदैन । हामी आफैँले बनाउनुपर्छ”, उनले भने ।

उनले मिडिया संस्थाको सङ्ख्या वृद्धि भएको सरकारले बजेटको आकार बढाउन भूमिका खेलिरहेको बताए । “प्रदेश सरकारको राजस्वमा डेढ अर्बले वृद्धि गर्न सकेका छौँ । सुरुमा योजना कम थिए, अहिले ती योजना विस्तार भएका छन्”, उनले भने ।

मुख्यमन्त्री आचार्यका अनुसार, प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ । १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्व दिइएको र मिडियाको हकहितका लागि वकालत गरिरहेको उनले उल्लेख गरे ।

“प्रदेश सञ्चार समन्वय परिषद्को भूमिका थप प्रभावकारी बनाउन कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ”, मुख्यमन्त्री आचार्यले भने, “संसद्को चालु अधिवेशनमा सदनमा प्रस्तुत हुन्छ । सञ्चार ऐनमा आवश्यक सुधार यही वर्ष हुन्छ ।”

कार्यक्रममा लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा ‘मिलन’ ले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घका केन्द्रीय उपाध्यक्ष विष्णु भुसालले प्रदेशमा समानुपातिक विज्ञापन वितरणको नीति आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराजप्रसाद पोखरेलले आशा जगाउने खालका कार्यमा सञ्चार क्षेत्र लाग्नुपर्नेमा जोड दिँदै सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताए ।

लुम्बिनी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशको आर्थिक विकास र सञ्चारको दिगो सञ्चालनका लागि वातावरण निर्माण राज्यको जिम्मेवारी रहेको बताए । उनले तथ्य र प्रमाणमा आधारित पत्रकारिता आजको आवश्यकता रहेकामा जोड दिए ।

नेपाल उद्योग परिसङ्घ लुम्बिनीका अध्यक्ष एजाज आलमले मिडियाले निजी क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने गरी काम गर्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले ‘एकीकृत आवाज र आशावादी दृष्टिकोणसहित निजी क्षेत्रको समृद्धिका लागि सञ्चारको सहयोग अपरिहार्य’ रहेको बताए ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायत उपस्थितले आ–आफ्नो धारणा राखेका थिए । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनीका निवर्तमान अध्यक्ष नरेश केसीको नेतृत्वमा रहेको कार्यसमितिले नवनिर्वाचित गोपाल ज्ञवालीको अध्यक्षतामा रहेको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ३ : ४१ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही