२८ असार २०८३, आइतबार | July 13, 2026

माओवादी स्थायी समिति बैठक : प्रचण्डको प्रस्तावमाथि धारणा राख्ने क्रम सुरु



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा सदस्य तथा पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको आजको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका छन् ।

बैठकमा बोल्ने नेताहरुलेअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ(आफ्नो धारणा राख्न सुरु गरेका हुन् । अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोधका बिषयपनि बैठकमा उठेको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले बताए ।

आजको बैठकमा नेताहरूले पार्टीभित्र विधि पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । पार्टीको आन्तरिक छलफललाई सतहमा लैजान नहुने बताउँदै कतिपय नेताहरुले प्रचण्ड नेतृत्वको विकल्प खोज्ने बेला नभएको धारणा राखेको ती नेताले बताए ।

संगठन निर्माण, विकास र विस्तारमा योजना सहित केन्द्रित हुन आवश्यकका साथै शुद्धीकरण र रूपान्तरणका विषय विशेष रूपमा बैठकमा उठेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । । सापकोटाले नयाँ बिचार संश्लेषण र बिचारको विकासका लागि बहसको थालनी गर्नुपर्ने विषय बैठकमा उठेको उल्लेख गरे ।

उनले माओवादी पार्टी कुनै हालतमा नफुट्ने पनि बताए बताए । बैठक भोलि पुनः ११ बजेदेखि सुचारु हुने जनाइएको छ । बैठक शुक्रबारदेखि सुरू भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : ४३ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली