१० असार २०८३, बुधबार | June 24, 2026

काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु



काठमाडौँ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सुरु भएको कला प्रदर्शनीको पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत छन सोङले उद्घाटन गरे ।

कार्यक्रममा पूर्वमन्त्री कोइरालाले यस प्रदर्शनीले राजनीतिकबाहेक दुई देशका जनताबीचको अन्तरह्दय जोड्ने बताइन् । उनले भनिन्, “यस प्रदर्शनीले कला र संस्कृतिलाई जोड्ने मात्र नभइ दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र आत्मिय बनाउन मद्दत गर्नेछ ।”

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कला प्रदर्शनीले सांस्कृतिक तथा कूटनीति सम्बन्ध प्रगाढ बनाउन सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले कला केवल सौन्दर्य अभिव्यक्त गर्ने माध्यम मात्र नभइ एकताबद्ध गर्ने एउटा पुुलका रूपमा भएको धारणा राखे ।

चीनका राजदूत सोङले नेपाल–चीनसम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको बताए । उनले दुई देशका कलाकारलाई एउटै मञ्चमा देख्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

प्रदर्शनीमा कुलपति हार्तम्छालीसहित पूर्वकुलपतिहरू किरण मानन्धर, केके कर्माचार्य, उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङ्माङलगायत कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । यस्तै चिनियाँ कलाकारका कलाकृति पनि समावेश छ ।

नेपाली कलाकारका ४४ र चिनियाँ कलाकारका ६० कलाकृति प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनीमा १५ जना चिनियाँ कलाकारसमेत सहभागी भएका प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए । सो क्रममा आज चिनियाँ कलाकारले प्रत्यक्ष रूपमा भएको कला कार्यशालामा आफ्नो प्रस्तुति दिएका छन् । प्रदर्शनी यही साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ८ : ०८ बजे

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३