७ आश्विन २०८३, बुधबार | September 23, 2026

पेरिसडाँडामा ‘२३ औं बोत्ले स्मृति दिवस’ : आफू जिवित रहनु परेको कारण अर्को क्रान्ति गर्न – प्रचण्ड



काठमाडौं । दोलखाको साविक बोत्ले गाविसमा २०५७ सालमा तत्कालीन सुरक्षाकर्मीहरुद्वारा हत्या गरिएका १५ जना माओवादी योद्धाहरूको स्मृतिमा आयोजित ‘ २३ औं बोत्ले स्मृति दिवस’ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न भएको छ।

कोत्सेमा भएको तत्कालिन घटनासम्बन्धी वृत्तचित्रको प्रदर्शनबाट स्मृति दिवस प्रारम्भ भएको थियो । बृत्तचित्रमा १५ जना योद्धाहरूलाई ‘समर्पित’ गरिएको जनयुद्धको इतिहास झल्काउने दृष्यहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरूको बलिदानलाई नमन गरे । उनले बोत्ले घटना माओवादी आन्दोलनको एउटा पीडादायी तर ऐतिहासिक मोड भएको उल्लेख गरे । त्याग र बलिदानका आधारमा निर्माण भएको हाम्रो यात्रा अझ न्याय, समानता र समृद्धिको दिशामा अगाडि बढिरहेछ।” उनले भने ।

शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध गर्ने बताए । आफू जिवित रहनु परेको कारण अर्को क्रान्ति गर्नको लागि भएको उनको भनाई छ ।

उनले अहिले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय अघि बढेको बताउँदै यसमा पनि चलखेलहरु भइरहेको दाबी गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय अघि बढेको जनाउँदै यसमा पनि चलखेल भइराखेको बताए । ‘तिखो आँखाले हेरिरहनपर्छ, हामीले एकताबद्ध गरेनौं भने अप्ठेरो आउन सक्छ । म अपिल गर्छु ।’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवस नमान्नु पर्ने कुनै कारण नभएको पनि बताए । यो अदालत प्रवेश गर्ने विषय नै नभएको बताउँदै उनले यसलाई राष्ट्रिय दिवसकै रुपमा आत्मसाथ गरेर मनाउनु पर्ने बताए ।

कार्यक्रममा बोत्ले घटनाका सहिदहरूको परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रममा सहिद परिवारका सदस्यहरुले राज्यबाट अझै न्याय नपाएको भन्दै कार्यक्रममा आफुहरुले भोग्दै आएको पीडा सुनाएका थिए । परिवारजनहरूले सहिदहरूको सपना पूरा गर्न पार्टी नेतृत्वले गम्भीरता अपनाउनुपर्ने मागसमेत गरे ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ११ : ०३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११